कोरोना संक्रमितको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु « Khabarhub

कोरोना संक्रमितको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ ।

यहाँ कोरोना संक्रमितको सख्या २ सय १३ पुगेको नवभारत टाइम्सले जनाएको छ । इन्दौरमा कयौं चिकित्सकहरु पनि संक्रणको सिकार भएका छन् ।

संक्रमित मध्ये एक जना चिकित्सकको विहीवार ज्यान गएको नवभारत टाइम्सले जिल्लाका सीमएएचओलाई उद्धृत गर्दै जनाएको छ । यससँगै इन्दोरमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

स्वास्थ्य विभागका अधिकारी डा प्रवीण जडियाले डा शत्रुधन पञ्जवानीको निधन भएको जनाए । उनका अनुसार पञ्जवानीमा केही दिन पहिला कोरोना संक्रमणको परीक्षण पोजेटिभ देखिएको थियो । त्यसयता उनको उपचार भइरहेको र थप उपचारका लागि अरविन्दो अस्पतालमा सिफ्ट गरिएको भएपनि आज विहान उनको निधन भएको जडियाले जानकारी दिए ।

कोरोना संक्रमितको उपचारमा सक्रिय रहेका डा पञ्जवानीमा बिरामीको उपचारको क्रममा संक्रमण सरेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका चिकित्सकलाई श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

बिहीबार मध्याह्नसम्मको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ ।

गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

यसरी भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको  नवभारत टाइम्सले भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाएो छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ ।

त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६६९ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १ : २७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट