कोरोना संक्रमितको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ ।

यहाँ कोरोना संक्रमितको सख्या २ सय १३ पुगेको नवभारत टाइम्सले जनाएको छ । इन्दौरमा कयौं चिकित्सकहरु पनि संक्रणको सिकार भएका छन् ।

संक्रमित मध्ये एक जना चिकित्सकको विहीवार ज्यान गएको नवभारत टाइम्सले जिल्लाका सीमएएचओलाई उद्धृत गर्दै जनाएको छ । यससँगै इन्दोरमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

स्वास्थ्य विभागका अधिकारी डा प्रवीण जडियाले डा शत्रुधन पञ्जवानीको निधन भएको जनाए । उनका अनुसार पञ्जवानीमा केही दिन पहिला कोरोना संक्रमणको परीक्षण पोजेटिभ देखिएको थियो । त्यसयता उनको उपचार भइरहेको र थप उपचारका लागि अरविन्दो अस्पतालमा सिफ्ट गरिएको भएपनि आज विहान उनको निधन भएको जडियाले जानकारी दिए ।

कोरोना संक्रमितको उपचारमा सक्रिय रहेका डा पञ्जवानीमा बिरामीको उपचारको क्रममा संक्रमण सरेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका चिकित्सकलाई श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

बिहीबार मध्याह्नसम्मको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ ।

गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

यसरी भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको  नवभारत टाइम्सले भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाएो छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ ।

त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६६९ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १ : २७ बजे

लागूऔषध दुर्व्यसन तथा ओसारपसार र भन्सार छली नियन्त्रण आवश्यक छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमित साधनस्रोतका बाबजुद पनि

उमर अब्दुल्ला बने जम्मु कश्मीरको मुख्यमन्त्री

काठमाडौं– नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले जम्मु कश्मीरको मुख्यमन्त्रीको शपथ

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

डडेल्धुरा– डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको

त्रिपुरा सुन्दरीमा दही छयाप्ने जात्रा (तस्बिरहरू) 

काठमाडौं– एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छयाप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा

महाभारत लीला : ५० हजार प्रतिस्पर्धीबाट छानिएका थिए श्रीकृष्ण, वास्तविक जीवनमै लखेटिन्छन् शकुनी

महाभारत र रामायण टेलिसिरियल यो शताब्दीमा मानिसले मानिसलाई दिएको अमूल्य