चीनमा २९ लाख कोरोना संक्रमित भएको अमेरिकन थिंक ट्यांकको दावी « Khabarhub

चीनमा २९ लाख कोरोना संक्रमित भएको अमेरिकन थिंक ट्यांकको दावी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसको संक्रमितको संख्या २९ लाख  भन्दा बढी रहेको एउटा अध्ययन प्रतिवेदनले दावी गरेको छ ।

कोरोना संक्रमितबारे चिनियाँ अधिकारीको दावीलाई चुनौती दिने गरीको अमेरिकन इन्टरप्राइजेज इन्ष्टिच्युट (एइआई) को उक्त प्रतिवदेनमा चीनमा १० हजार नभई २९ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित रहेको दावी गरिएको छ ।

अप्रिल ७ मा सार्वजनिक गरिएको उक्त प्रतिवदेनमा २९ लाख हाराहारी चिनयाँहरु कोरोना भाइरसबाट संक्रमित भएको उक्त अध्ययनमा सह्रिक अमेरिकी थिंक ट्यांक डेरेक सिसर्सले दावी गरेका छन् ।

चीनको वुहानमा कोरोनाका महामारी फैलिएपछि पनि लाखौं मानिस अन्यत्र यात्रा गरेकाले संक्रमितको संख्या चीनभरी २९ लाख हाराहारी रहेको सिसर्सले बताएका छन् ।

जवकी चीनले कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको भन्दै कोरोनाको उद्भव मानिएको वुहानमा लकडाउन समेत हटाइसकेको छ।

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट अहिलेसम्म चीनमा ८२ हजार मानिस संक्रमित भएको र अब १ हजार हाराहारीमात्रै निको हुन बाँकी रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ११ : ३६ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली