उच्चस्तरीय संयन्त्र बनाउने प्रचण्डको प्रस्तावमा खनाल पनि असहमत | Khabarhub Khabarhub

उच्चस्तरीय संयन्त्र बनाउने प्रचण्डको प्रस्तावमा खनाल पनि असहमत


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्चस्तरीय संयन्त्रको औचित्य नरहेको बताएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारी काममै सघाउ पुर्‍याउन उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको बताइरहँदा प्रधानमन्त्री ओलीले त्यसको औचित्य नरहेको बताएलगत्तै बरिष्ठ नेता झलनाथ खनालले पनि त्यस्तो संयन्त्र आवश्यक नरहेको बताएका छन् ।

शनिबार राति सगरमाथा टेलिभिजनलाई दिएको एउटा अन्तरबार्तामा खनालले यस्तो बताएका हुन् । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले अहिले राम्रै ढंगले काम गरिरहेकाले त्यसमा बरु सबैले सघाउन जरुरी रहेको उनले बताए ।

‘हामी सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको छ,’ खनालले भने,’ धेरै खाले संयन्त्रहरु बनाएर पनि काम छैन, कामकाजी संयन्त्रहरु बाहेक अरु संयन्त्रको काम छैन तर अहिलेको अवस्था भनेको साझा सत्रुकाबिरुद्ध लडिरहेको अवस्था हो त्यसकारणले बृहत्तर राष्ट्रिय एकता कायम गर्न सरकारले ध्यान दिनुपर्छ ।’

कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री पर्याप्त नभएकाले त्यस्ता सामग्री खरिद सन्दर्भमा सरकार होसियार हुनुपर्ने उनले सुझाव पनि दिएका छन् ।

‘कुनै पनि कमसल सामग्री ल्याउने, सामानहरु ल्याउँदा कमिसनको खेलहरु हुने जस्ता कुराहरुमा सतर्क हुन जरुरी छ,’ खनालले भने, ‘नेकपा कुनै पनि किसिमका अनियमितता भयो भने त्यो कुरा सहन गर्दैन, यो कुरा सरकारमा बस्ने प्रधानमन्त्री लगायत सबैले बुझ्नुपर्ने हुन्छ।’

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : ०३ बजे

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

जुबा – दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स ९एसएसपिडीएफ० र सुडान

वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

कास्की – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान

बन्द भएको ९ महिनापछि निदान अस्पताल पुनः सञ्चालनमा

काठमाडौं – ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको ९ महिनापछि