घरमै पुगेर कोरोना भाइरसको परीक्षण « Khabarhub

घरमै पुगेर कोरोना भाइरसको परीक्षण


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच शुरु गरेको छ ।

शुक्रबार वडा नं १२ बाट शुरु गरिएको भाइरसको र्‍यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६४१ जनालाई होम क्वारेन्टाइनमा राखेको थियो ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९, वडा नं ६ मा १९ , वडा नं १३ मा एक, वडा नं ७ मा २० जनाको नमूना परीक्षण गर्न स्वास्थ्यकर्मीहरु घरमै पुगेर गरेका छन् । परीक्षण गरिएकाको रिपार्ट नेगेटिभ भेटिएको छ ।

यसैबीच उपमहानगरपालिकाले हालसम्म लकडाउनका कारण छाक टार्न समस्या भएका ४ हजार एक सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

पालिकाले सर्वदलीय सहमतिका आधारमा दैनिक ज्यालादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३७ बजे

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले