पोखरा छिर्ने नाकामा कडाइ, विपन्नलाई राहत « Khabarhub

पोखरा छिर्ने नाकामा कडाइ, विपन्नलाई राहत


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ ।

वडाले पोखरा छिर्ने तनहुँ र कास्कीको सीमा कोत्रे र कास्कीकै रुपा गाउँपालिकाका विभिन्न नाकामा नागरिकस्तरमा विशेष निगरानीका साथ लकडाउनलाई प्रभावकारी बनाउँदै विपन्न एवं असहायलाई राहत वितरण गरेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनका कारण दैनिकी सञ्चालनमा कठिनाइमा परेको परिवारलाई दैनिक जीविकोपार्जनमा परेको समस्यालाई दृष्टिगत गरी वडाले एक हजार ४४६ परिवारलाई राहत वितरण गर्न लागेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार राहत वितरणका लागि वडाका मजुवा, लामेआहाल, नयाँबस्ती खहरेखोला, छुची, ठूलापाटन, गढी, लामपाटन, स्कूलटोल, खुदीखोला, राजाका चौतारा मालमुल, स्यानघारी, खोलाको छेउ, सातमुहाने, मालेपाटन, ढोडबेँसी र देउराली फेदीका विभिन्न स्थानमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्थासँग सहकार्य एवं समन्वय गरिएको छ । प्रत्येक दुई परिवारका लागि २५ किलोग्राम चामल, दुई किलो दाल, एक–एक किलो केराउ र नुन, एक लिटर तेलको दरले राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : ५० बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा