लकडाउनपछि एनटीसीको सीम किन्ने २० हजार जनाको खोजी गर्दै सरकार « Khabarhub

लकडाउनपछि एनटीसीको सीम किन्ने २० हजार जनाको खोजी गर्दै सरकार


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न जारी गरिएको लकडाउन पछि नेपाल टेलिकम (एनटीसी) बाट नयाँ सिम किन्ने २० हजार जनाको खोजी शुरु गरेको छ ।

सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको छ । नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरुलाई सम्पर्क गरिएको र पहिचान गर्ने काम भइरहेको छ ।

हालसम्म १ हजार ७५६ जनलाई कल सेन्टरले सम्पर्क गरेको छ । हालसम्म सम्पर्कमा आएका सम्भावित कोभिड–१९ सक्रमणका लक्षण भएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।

कल सेन्टरसमेत नेपाली सेनाको छाउनीमा स्थापना गरिएको छ । सम्पर्क गरिएका व्यक्ति स्वास्थ्य संस्थामा गए नगएको समेत अनुगमन गरिएको छ ।

यस्तै, विभिन्न स्रोतबाट तथ्यांक संकलन गरी जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यक कारवाहीको लागि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)अन्तर्गत अन्य कार्य समूहलाई उपलब्ध गराइएको छ ।

यस्तै कोभिड–१९ मोबाइल एप्समार्फत पनि एकीकृत रुपमा सूचना संकलन भइरहेको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहलाई पीपीईको प्रयोगसम्बन्धी कार्यविधि, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, बिरामी ल्याउने कार्यविधि, कोभिड–१९ का बिरामी ल्याउने एम्बुलेन्स तथा शव बाहन सम्बन्धी कार्यविधि, एम्बुलेन्स प्रयोग गरेर ल्याउने बिरामीको अवस्थासम्बन्धी कार्यविधि , फिबर क्लिनिक, द्रूत नमूना परीक्षणसम्बन्धी कार्यविधिसमेत तयार गरी लागू गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ४ : २१ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित