सरकारको आह्वान परिपालना गर्दै नयाँ वर्ष मनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह « Khabarhub

सरकारको आह्वान परिपालना गर्दै नयाँ वर्ष मनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ वर्ष २०७७ को शुभकामना दिदै सरकारी आह्वानलाई घरमै बसी परिपालन गर्दै मनाउन आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देश सार्वजनिक गर्दै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने उनले विश्वास व्यक्त गरेका छन् ।

लामो राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट जारी भएको नेपालको संविधानबमोजिम तीन तहका सरकारको निर्माण भई भौतिक र आर्थिक विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारासहित अगाडि बढिरहेको बेला कोरोनाको महामारीले उच्च जोखिममा पारेको अध्यक्ष तिमिल्सिनाले उल्लेख गरेका छन् ।

कोरोनाबाट जोगिन सरकारले जारी गरेको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई घरमै बसी परिपालना गर्नु नै उत्तम उपाय भएको बताउँदै उनले नयाँ वर्षले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ३३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार