खाडी मुलुकमा ६७ नेपालीको लाश अलपत्र, उडान प्रतिबन्धले ल्याउन समस्या « Khabarhub

खाडी मुलुकमा ६७ नेपालीको लाश अलपत्र, उडान प्रतिबन्धले ल्याउन समस्या


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैदेशिक रोजगारीमा खाडी मुलुक गएका नेपालीहरुको उतै मृत्यु भएपछि उडान प्रतिबन्ध र लकडाउनले उनीहरुको लाश ल्याउन अप्ठ्यारो परेको छ ।

दैनिकजसो कफिनमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरिएका लाश लक डाउन लागू भएपछि ल्याउन सकिएको छैन ।

हर्ट अट्याक, सवारी दुर्घटना, कार्य क्षेत्रमा हुने दुर्घटनाजस्ता कारणले मृत्युबरण गरेका नेपालीका ६७ वटा लाश अहिले सम्बन्धित मुलुकमै अलपत्र अवस्थामा परेका छन् ।

बैदेशिक रोजगार प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार, रोजगारीमा खाडी मुलुक गएका नेपालीमध्ये यो अवधिमा ६९ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको छ । यसमध्ये दुई जनाको उतै सत्गति गरिएकाले ६७ वटा शव नेपाल ल्याउनुपर्ने अवस्था छ ।

कोरोनाको संक्रमणका कारण युएईमा मृत्यु भएकी एकजना महिला र दक्षिण कोरियामा अर्कै कारण मृत्यु भएका एकजना नेपालीको उतै सत्गति गर्ने परिवारले सहमति जनाएपछि उनीहरुको उतै अन्तिम संस्कार गरिएको थियो ।

बाँकी ६७ वटा शव भने ल्याउने तयारी भएको छ तर खाडीका विभिन्न मुलुकबाट शव ल्याउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान नै प्रतिबन्ध भएको अवस्थामा कसरी ल्याउने भन्नेबारे छलफल चलिरहेको केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ४० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना