कोरोना भाइरसले पाकिस्तानी क्रिकेटर जाफरको निधन | Khabarhub Khabarhub

कोरोना भाइरसले पाकिस्तानी क्रिकेटर जाफरको निधन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका लिस्ट ए क्रिकेट खेलाडी जाफर सर्फराजको कोरोना भाईरसका कारण निधन भएको छ ।

कोरोनाको संक्रमणपछि पेसावरको एक अस्पतालमा उपचार गराएका जाफरको मंगलबार निधन भएको हो । उनलाई तीन दिनदेखि आइसीयुमा राखिएको थियो । ५० बर्षीय जाफर पाकिस्तानका पूर्व क्रिकेटर अख्तर सर्फराजका भाइ हुन् ।

बायाँ हाते मिडिल अडरका ब्याट्सम्यान जाफरले पाकिस्तानका लागि १५ वटा लिस्ट ए खेल्दै ६ सय १६ रन बनाएका थिए ।

कोरोनाका भाईरसका कारण पाकिस्तनमा ९६ जनाको मृत्यु भइसकेको छ । पाँच हजारभन्दा बढी मानिस संक्रमित छन् । आजमात्रै ३ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ । १ हजार ३७८ जना उपचारपछि निको भएका छन् भने ४ हजार ३६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : १६ बजे

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा