ह्याकरको निशानामा सरकारी कार्यालय, लिक भए सरकारी कार्यालयका डाटा « Khabarhub

ह्याकरको निशानामा सरकारी कार्यालय, लिक भए सरकारी कार्यालयका डाटा


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लिक गरेर चर्चामा आएको एक ह्याकरले पुनः विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटा सार्वजनिक गरिदिएको छ ।

ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी कार्यालयहरुको यूजरनेम र पासवर्ड नै ह्याक गरेर सार्वजनिक गरिदिएको छ ।

उसले कृषि विकास मन्त्रालय र त्यस अन्तरगतका निकाय, राष्ट्रिय मुस्लिम आयोग, केन्द्रीय पुस्तकालय लगायतका सरकारी कार्यालयको साइट ह्याक गर्दै डाटा लिक गरेको हो ।

ह्याकरले नेपालका आधिकारीक डोमेन रजिस्टरको जानकारी सार्वजनिक गर्दै ती डाटाहरु भने सुरक्षित भएको दाबी गरेको छ ।

सो ह्याकरले नेपालको डटएनपी डोमेन दर्ता गर्ने कम्पनी मर्कन्टायल अफिस अटोमेसनलाई चेतावनी दिँदै उनीहरुको सिस्टममा नै प्रवेश गरेको जनाएको छ ।

सातान ह्याकरले ईकमर्श सर्भिस दराज डटकम डट एनपी, कान्तिपुर दैनिकको बेवसाइटको डाटाहरु समेत ह्याक गर्ने चेतावनी दिएको छ ।

ती कम्पनीका वेबसाइटहरु सुरक्षित बनाउन उसले सल्लाह दिएको छ।

यसअतिरिक्त नेपाल विद्युत प्राधिकरणको डाटाहरु समेत ह्याक गरिदिने उसले ट्वीटमार्फत चेतावनी दिएको छ ।

यसअघि सातान नामक सोहि ह्याकरले भायनेटका करिब १ लाख ७० हजार डाटाहरु लीक गरिदिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : ४९ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र