दोलखामा २७ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ, तीन जनाको ‘स्वाब’ धुलिखेल पठाइयो  « Khabarhub

दोलखामा २७ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ, तीन जनाको ‘स्वाब’ धुलिखेल पठाइयो 


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाका विभिन्न तीन स्थानका २७ जनामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाको ३ स्थानीय तहले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई बुधबार आरडीटी प्रविधिबाट परीक्षण गरेकोमा २७ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, कालिञ्चोक गाउँपालिका–२, बाबरे र ३ लामिडाँडाको स्वास्थ्य इकाइले २७ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।

सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा २, कालिञ्चोक गाउँपालिका–२, बाबरेमा १४ र वडा नं. ३ लामिडाँडाको पोखरेमा ११ जना गरी कुल २७ जनाको आरडीटी प्रविधिबाट एण्टिबडी जाँच गरिएको सूचना अधिकारी झाले जनाए ।

भक्तपुरको सनसिटीबाट केही समयअघि दोलखा आएका तामाकोशी गाउँपालिकाका एक महिला र दुई पुरुषको स्वाव परीक्षणको लागि बुधबार नै धुलिखेल अस्पताल पठाइएको उनले बताए । विहीबारसम्म उनीहरुको रिपोर्ट प्राप्त हुने सूचना अधिकारी झाले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ५८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा