कोरोनाभाइरस : भारतमा मृतकको संख्या ४२२ पुग्यो, १२ हजार ३७० संक्रमित « Khabarhub

कोरोनाभाइरस : भारतमा मृतकको संख्या ४२२ पुग्यो, १२ हजार ३७० संक्रमित


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।

भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका छन् । १० हजार ४४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५६० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८२ हजार ३७२ पुगेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ६ : ३३ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि