१२ वर्षपछि यूएईसँग श्रम समझदारी विषयमा छलफल « Khabarhub

१२ वर्षपछि यूएईसँग श्रम समझदारी विषयमा छलफल


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकारले १२ वर्षपछि यूएई सरकारसँग रोजगारीमा जाने कामदारका विषयमा छलफल गरेको छ । श्रम सम्झौता मस्यौदाको बिषयमा यूएईसँगको छलफलमा नेपाली प्राविधिक टोलीले कामदारको सुरक्षा, सेवा सुविधा र शून्य लागतको विषयलाई प्रथामिकतामा राखेको छ । रोजगारीमा जाने कामदारको बिमा र मानव अधिकारलाई प्रथामिकतामा राखेर छलफल गरेको यूएईस्थित नेपाली दूतवास श्रम सहचारी मोतिराम भुसाल जानकारी दिएका छन् ।

नेपालका तर्फबाट छलफलमा सहभागि टोलीले रोजगारीका लागि कामदार आपुर्ति गर्दा फ्रि भिसा र टिकटको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएको उनको भनाइ छ । यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नवीकरण गर्न लागिएको हो । उक्त समयदेखि यूएईसँग छलफल हुन सकेको थिएन । हाल, रोजगारीका खोजीमा मासिक ५ हजार नेपाली युर्एइ जाने गरेको वेदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

दुबईको श्रम तथा मानव संशाधन मन्त्रालयमा गत हप्ता भएको छलफल वैदेशिक रोजगारलाई व्यवस्थित, मयादित र सुरक्षित बनाउने विषयमा केन्द्रित भएर छलफल गरेको दूतवासले जनकाएको छ । छलफलमा सहभागी प्राविधिक टोलीले राखेका विषयमा दुवै पक्ष सकारात्मक रहेको र कतिपय कामदारसँगै रोजगारदाता कम्पनीका विषयमा फरक बुझाइ रहेको विषयमा स्पष्ट पारिएको छलफलमा सहभागी यूएईस्थीत नेपाली दूतवासका श्रम सहचारी मोतिराम भुसाल जनाएका छन् ।

सन् २००७ मा भएको एमओयुका बारेमा थप परिमार्जित गर्न यहाँको निकाय सकारात्मक देखियो । यूएई सरकार नेपाली टोली गरेको प्रस्तावमा सकारात्मक भए रहेको भुसालले बताए । उनले भने, कामदारको न्युनतम तलब, घरेलु कामदारको समस्या समाधान, शून्य लागत, बीमालगायतका बिषयसमेत सकारात्मक छ । नेपाली टोलीले शून्य लागतमा नेपाली कामदारले रोजगारीमा आउँदा कुनै खर्च गर्नु नपर्ने विषयमा छलफल भएका छ । यो विषयमा यूएईको छलफलमा सहभागि टोलीले सबन्धित निकायसँग छलफल गर्ने बताएका छन् ।

दुवैपक्षका टोलीले छलफलमा प्रस्तुत गरेका विषयलाई माथिल्लो तहमा पेश गर्ने कार्यतालिका रहेको बताइएको छ । कामदारसँग जोडिएका विषयमा अझै छलफल गर्ने नेपालबाट ५ सदस्यीय प्राविधिक टोली र दूतावासका तर्फबाट कार्यवहाक राजदूत सागरप्रसाद फुुयाँल, श्रम काउन्सुलर भेषबहादुर कार्की र श्रम सहचारी मोतिराम भुसाल सहभागी थिए ।

यूएईको तर्फबाट मानव संशाधनमन्त्री नाशर विन थानी जुमा अल हाम्लीका सल्लाहकारसहित मन्त्रालयका सञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने सहसचिव डाक्टर ओमार अलनुवाईमी सहभागी रहेको दूतवासले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ३३ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच