भारतका ६ वटा शहर रेड जोनमा « Khabarhub

भारतका ६ वटा शहर रेड जोनमा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको राजधानी नयाँ दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतको प्रमुख ६ शहर कोरोनाभाइरस संक्रमणको ‘रेड जोन’मा परेको छ ।

भारत सरकारले मंगलबार जारी गरेको निर्देशिकामा संक्रमणको तहको आधारमा छ वटै शहरलाई ‘रेड जोन’मा राखिएको हो ।

‘रेड जोन’ले संक्रमणको सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र देखाउँछ । केही मात्रै संक्रमित रहेको क्षेत्रलाई ‘ओरेन्ज जोन’ र संक्रमण नदेखिएको क्षेत्रलाई भने ‘ग्रीन जोन’मा विभाजन गरिएको छ । ‘ग्रीन जोन’मा भने कुनै शहर छैन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार देशका १७० जिल्लालाई ‘रेड जोन’मा विभाजन गरिएको छ । २०७ जिल्ला उच्च निगरानीमा छन् । दिल्ली र मुम्बई बाहेक चेन्नई, बैंग्लोर, कलकत्ता र हैदराबादलाई ‘रेड जोन’मा राखिएको छ । यी शहरस्थित प्रमुख औद्योगिक उत्पादन क्षेत्र समेत ‘रेड जोन’मा राखिएको हो ।

संघीय सरकारले राज्यलाई एक साताभित्र यी क्षेत्रमा युद्धस्तरमा कोरोनाभाइरस संक्रमणको परीक्षण सुरु गर्न निर्दे्शिका जारी गरेको छ । निर्दे्शिकामा छिटोभन्दा छिटो संक्रमण न्यूनिकरण गर्न उपाय अपनाउँदै ‘रेड जोन’लाई ‘ओरेन्ज’हुँदै संक्रमण मुक्त बनाउन उपायहरु सुझाइएको छ ।

२८ दिनसम्म नयाँ संक्रमित नथपिएको अवस्थामा ‘ओरेन्ज जोन’मा परिण गरिनेछ । १४ दिनसम्म कुनै नयाँ संक्रमित फेला नपरेको अवस्थामा ‘ओरेन्ज जोन’लाई संक्रमण मुक्त घोषणा गरिने बताइएको हो ।

राज्य सरकारले यसअघि नै भारी संख्यामा परीक्षण सञ्चालन गर्ने प्रकृया अबलम्बन गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड बमोजिम एकैपटक भारी संख्यामा स्वाब संकलन गरिनेछ । एकै समयमा बहुसंख्यक व्यक्तिबाट संकलित स्वाबलाई नलीमा राखेर एकै समयमा परीक्षणको व्यवस्था गरिएको उपकरणमा राखेर संक्रमणको अवस्था पत्ता लगाइनेछ ।

बीबीसीका अनुसार एकैपटकमा गरिने परीक्षणमा संकलित स्वाबमा संक्रमण नदेखिएको अवस्थामा सबैजना संक्रमणबाट मुक्त भएको ठहरिनेछ । संकलित स्वाबमा संक्रमणको पुष्टि भएको अवस्थामा सबैलाई बेग्लाबेग्लै पुनः परीक्षण गरेर बिरामी विशेषलाई पहिचान गरी अलग गरिनेछ ।

भारतमा कुल ७२० जिल्ला रहेको छ । ४२० जिल्लामा कोरोनाभाइरसको संक्रमण पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या करिब १४ हजार पुगेको छ । १० हजार ४७७ जनामा कोरोनाभाइरसको संक्रमण सक्रिय पाइएको छ । एक हजार ४८९ जना संक्रमित निको भएर घर फर्केका छन् । ४२३ जनाको संक्रमणपछि मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : ३८ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार