कोरोना कहर : ‘रेड जोन’मा भारतका ६ ठूला शहरसहित १७० जिल्ला  « Khabarhub

कोरोना कहर : ‘रेड जोन’मा भारतका ६ ठूला शहरसहित १७० जिल्ला 


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि तीव्र रुपमा बढ्दो देखिएको छ ।

भारतको राजधानी दिल्ली, मुम्बई लगायत ६ वटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ।

बुधवार प्रकाशित एउटा निर्देशिकामा सरकारले देशलाई सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गबाट सङ्केत गर्दै विभिन्न वर्गमा छुट्याएको छ।

रातो रङ्गले धेरै सङ्क्रमण फैलिएको, सुन्तला रङ्गले केही सङ्क्रमण भएको तथा हरियो रङ्गले सङ्क्रमण नभएको क्षेत्र सङ्केत गर्छन्। कुनै पनि स्थान हरियो अर्थात् सुरक्षित क्षेत्रमा परेका छैनन्।

भारतका कुल १७० वटा जिल्ला रेड जोन मा परेका छन्। दिल्ली र मुम्बईबाहेक चेन्नई, बैङ्ग्लोर, कोलकाता र हैदराबाद पनि खतरनाक क्षेत्रमा परेका छन्।

यी  क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ। रेड जोनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या घटाएर क्रमशः ग्रीन जोन अर्थात् शून्य सङ्क्रमण भएको क्षेत्र बनाउने तयारीका साथ सरकार लागिपरेको छ ।

अट्ठाइस दिनसम्म नयाँ सङ्क्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१४ दिनमा सङ्क्रमण नभेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन्।

भारतमा शुक्रबार विहानसम्म कोरोनाभाइरसका कारण ४४८ जनाको मृत्यु भएको छ भने १३ हजार ४३० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : ०० बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको