र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका युवालाई बोक्न नमान्ने एम्बुलेन्स चालक पक्राउ « Khabarhub

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका युवालाई बोक्न नमान्ने एम्बुलेन्स चालक पक्राउ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धादिङ– र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरस (कोभिड १९) संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएका युवालाई बोक्न नमानेर फरार भएका एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

जिल्लाको ज्वालामुखी गाउँपालिका घर भएका युवाको र्‍यापिड टेस्टकका क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि गाउँपालिकाले वडा नम्बर २ स्थित मैदी स्वास्थ्य चौकीको एम्बुलेन्समा सदरमुकामस्थित आइसोलेसनमा पुर्‍याउने तयारी गरेको थियो ।

तर, एम्बुलेन्स चालक किशन श्रेष्ठ भने अन्तिम समयमा सम्पर्कविहीन भएका थिए । एम्बुलेन्स चालक श्रेष्ठ सम्पर्कविहीन भएपछि कोरोना संक्रमणको संकेत देखिएका युवक गाउँपालिकाले उपलब्ध गराएको मोटरसाइकल आफैं चलाएर जिल्ला सदरमुकाम धादिङ बेसीस्थित कृषि ज्ञान केन्द्रमा बनाइएको अस्थायी आइसोलेसनमा पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले कोरोना संक्रमणको संकेत देखिएका युवकलाई बोक्न नमान्ने एम्बुलेन्स चालक श्रेष्ठलाई पक्राउ गरिएको पुष्टि गरे ।

डीएसपी खड्काका अनुसार एम्बुलेन्स चालक श्रेष्ठलाई विहिबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागी म्याद थप गर्ने तयारी गरिएको डीएसपी खड्काले जानकारी दिए ।

विरामी बोक्न अस्विकार गर्ने एम्बुलेन्स चालकले मैदीकै केही क्लिनिकको भने औषधी बोकेर आएको थाहा पाएपछि वडा नम्बर ३ का आक्रोसित स्थानियबासीले गत बुधवार एम्बुलेन्समाथि तोडफोड समेत गरेका थिए ।

४२ दिन अघि उत्तर कोरियाबाट नेपाल फर्किएका ती युवालाई मैदी स्वास्थ्य चौकीमा र्‍यापिड टेस्ट गर्ने क्रममा कोरोना संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएको थियो । तर, पीसीआर विधिबाट गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

आइसोलेसनमा स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ३ : १२ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई