र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका युवालाई बोक्न नमान्ने एम्बुलेन्स चालक पक्राउ « Khabarhub

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका युवालाई बोक्न नमान्ने एम्बुलेन्स चालक पक्राउ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरस (कोभिड १९) संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएका युवालाई बोक्न नमानेर फरार भएका एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

जिल्लाको ज्वालामुखी गाउँपालिका घर भएका युवाको र्‍यापिड टेस्टकका क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि गाउँपालिकाले वडा नम्बर २ स्थित मैदी स्वास्थ्य चौकीको एम्बुलेन्समा सदरमुकामस्थित आइसोलेसनमा पुर्‍याउने तयारी गरेको थियो ।

तर, एम्बुलेन्स चालक किशन श्रेष्ठ भने अन्तिम समयमा सम्पर्कविहीन भएका थिए । एम्बुलेन्स चालक श्रेष्ठ सम्पर्कविहीन भएपछि कोरोना संक्रमणको संकेत देखिएका युवक गाउँपालिकाले उपलब्ध गराएको मोटरसाइकल आफैं चलाएर जिल्ला सदरमुकाम धादिङ बेसीस्थित कृषि ज्ञान केन्द्रमा बनाइएको अस्थायी आइसोलेसनमा पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले कोरोना संक्रमणको संकेत देखिएका युवकलाई बोक्न नमान्ने एम्बुलेन्स चालक श्रेष्ठलाई पक्राउ गरिएको पुष्टि गरे ।

डीएसपी खड्काका अनुसार एम्बुलेन्स चालक श्रेष्ठलाई विहिबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागी म्याद थप गर्ने तयारी गरिएको डीएसपी खड्काले जानकारी दिए ।

विरामी बोक्न अस्विकार गर्ने एम्बुलेन्स चालकले मैदीकै केही क्लिनिकको भने औषधी बोकेर आएको थाहा पाएपछि वडा नम्बर ३ का आक्रोसित स्थानियबासीले गत बुधवार एम्बुलेन्समाथि तोडफोड समेत गरेका थिए ।

४२ दिन अघि उत्तर कोरियाबाट नेपाल फर्किएका ती युवालाई मैदी स्वास्थ्य चौकीमा र्‍यापिड टेस्ट गर्ने क्रममा कोरोना संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएको थियो । तर, पीसीआर विधिबाट गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

आइसोलेसनमा स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ३ : १२ बजे

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त