हुम्लामा भारतबाट फर्किएका नौ जनाको स्वाब रिर्पाेट नेगेटिभ « Khabarhub

हुम्लामा भारतबाट फर्किएका नौ जनाको स्वाब रिर्पाेट नेगेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला-  हुम्लाबाट सुर्खेत पठाइएका नौ वटा शंकास्पद स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

पिसिआर परीक्षण जिल्लामा नहुदा सुर्खेतमा पठाइएका ती स्वाबहरु परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो ।

भारतका काम तथा ब्यापार गरि जिल्ला भित्रिएर क्वारेन्टाईनमा बसेका नौ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि सुर्खेत पठाइएको र ती स्वाबहरुको सुर्खेतमा परिक्षण हुदा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए ।

यस अघि जिल्लामै आडीटि किटबाट उहाँहरुको रगत परिक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको थियो । तर पनि भारतबाट आएको हुदा कर्णाली प्रदेशको सामाजिक मन्त्रालयको अनुरोधमा उनीरुको नौ जनाकै स्वाब सुर्खेत पठाइएको थियो । 

प्रमुख सिंहले रिपोर्ट नेगेपिटभ आएपछि हुम्ला हालसम्म सुरक्षित रहेको बताए ।

गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको भएपनि हवाई जहाजहरुले बोक्न नमान्दा सुर्खेत पठाउन सकिएको थिएन ।

शनिबार निक्कै छलफलपछि अन्तिम फ्लाईटमा तारा एयरले सो स्वाब बोक्न मानेपछि मात्र सुर्खेत पठाउन सकिएको थियो । 

यता स्वाब संकलन गरेर सुर्खेत पठाईएका नौ जनालाई स्वाबको रिपोर्ट नआउदै घर पठाइएको थियो । 

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ११ : ५७ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक