तेह्रथुमका थप २ जनामा र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ « Khabarhub

तेह्रथुमका थप २ जनामा र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुमका थप दुई जनामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

आज गरीएको परीक्षणमा उनीहरुलाई कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिए । 

कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएकाको सख्या जिल्लामा तीन पुगेको छ ।

उनीहरु एकै परिवारका हुन् । यसअघि हिजो गरिएको परीक्षणमा २८ वर्षीय युवाको रिपोर्ट पाजिटिभ देखिएको थियो ।

मेन्छयायेम गाउँपालिकाका उनीहरु एक युवा, एक महिला र एक पुरुष छन् ।

शुक्रबार र शनिबार भएको परीक्षणका क्रममा उनीहरु तीनै जनाको आरडीटी नतिजा पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिकाभित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो ।

उनीहरु तीनै जनालाई म्याग्लुङमा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा ल्याएर पुन: परीक्षण गरिएको थियो । पुन : परीक्षणका क्रममा तीनै जनामा एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो ।

पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

यी तीन जनासहित अन्य १० जनाको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगर पठाइएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : १३ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक