माटोको ढिस्कोले पुरिएर १८ वर्षीया किशोरीको मृत्यु « Khabarhub

माटोको ढिस्कोले पुरिएर १८ वर्षीया किशोरीको मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गढवा– दाङको गढवा गाउँपालिका–७ मा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ ।

गढवा गाउँपालिका–७ मानपुर बस्ने १८ वर्षीया शर्मिला परियारको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घर लिप्न (पोत्न)का लागि माटो लिन गएकी शर्मिला माटो खन्ने क्रममा ढिस्कोमा पुरिएकी थिइन् ।

घरदेखि करिब १ किलोमिटर टाढा जंगलमा रहेको ढिस्कोमा पुरिएकी उनलाई बेहोस अवस्थामा उद्दार गरी उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

तर, उपचारकै क्रममा उनको दाङको लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ५० बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक