लकडाउन कार्यान्वयन गर्न खटिएका प्रहरी हवल्दारको मृत्यु « Khabarhub

लकडाउन कार्यान्वयन गर्न खटिएका प्रहरी हवल्दारको मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– लकडाउन कार्यान्वनयनका लागि ड्युटीमा खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

सोलुखुम्बुको दोर्पुस्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार देवीप्रसाद भट्टराईको आइतबार बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएको थियो । अस्पताल पुर्‍याउने बेला बेहोश अवस्थामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ३२ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष