माल्दिभ्सका १८ नागरिक बोकेर ढाका उड्यो नेपाल एयरलाइन्स « Khabarhub

माल्दिभ्सका १८ नागरिक बोकेर ढाका उड्यो नेपाल एयरलाइन्स


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए ३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई माल्दिभ्सले निगमको जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको हो । काठमाडौँ–ढाका उडान करिब एक घण्टाको हुनेछ । ढाका पुगेर निगमको जहाज आजै स्वदेश फर्कनेछ । ढाकाबाट ती १८ मल्दिभ्सका नागरिक अर्को जहाजमार्फत गन्तव्यमा पुग्ने जनाइएको छ । पछिल्लो पटक यही वैशाख २ गते निगमको न्यारोबडी जहाजले ३४ ब्राजिलियनलाई भारतको नयाँदिल्ली पुर्‍याइदिएको थियो ।

यसअघि निगमको वाइड बडी जहाजले गत चैत १९ गते अष्ट्रेलियाको शहर ब्रेश्वनमा सिधा उडान गरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान गरेको थियो । ती सबै चार्टर्ड उडान हुन् ।

निगमका दुई वाइड बडी ए३३० जहाजले गत चैत १६, २० र वैशाख ४ गते दुई गरी चार वटा कार्गो उडान गरी चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएका थिए । लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले आठ अन्तर्राष्ट्रिय उडान भरेको छ ।

यीमध्ये चार उद्धार उडान र चार कार्गो उडान हुन् । वाइड बडी बडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ४३ बजे

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी

शेखर कोइरालाको प्रतिबद्धता- सुकुम्बासी व्यवस्थापन र विराटनगर चक्रपथ निर्माण 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र

निर्वाचनका लागि स्रोतसाधन अभाव हुँदैन : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ