एसइई परीक्षाका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

एसइई परीक्षाका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- एसइई परीक्षालाई लक्षित गरी दैलेखमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ ।

लकडाउनको समयमा एसइई तयारीमा बसेका विद्यार्थीले पढाइलाई पुर्नताजकी होस् भन्नका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लाका धुव्रतारा एफएम र ज्वाला एफएमबाट दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ दैलेख, सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख र स्थानीय तहको समन्वयमा आइतबारदेखि कार्यक्रम शुरु गरिएको हो । दूरशिक्षा रेडियो कार्यक्रम प्रत्येक हप्ताको आइतबार र बुधबार अङ्ग्रेजी, सोमबार र बिहीबार गणित तथा मङ्गलबार र शुक्रबार विज्ञान विषय शिक्षण गरिने शिक्षा एकाइका प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।

जिल्लाका सबै ठाउँमा इन्टरनेटको पहुँच नहुने हुँदा रेडियोबाट कार्यक्रम गरिएको हो । अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सिकाइ उपलब्धि कमजोर भएको कारण एसइई परीक्षाका लागि दूरशिक्षा कार्यक्रम गर्न थालिएको हो, थापाले भने। दूरशिक्षा रेडियो कार्यक्रम बिहान सवा ८ बजेपछि एकै साथ प्रसारण गर्ने व्यवस्था मिलाइएको एभरेष्ट क्लबका कार्यक्रम संयोजक टेकराज आचार्यले बताए ।

यसैगरी गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) को सहयात्रा दोस्रो परियोजनाको सहयोगमा लकडाउनको कारण विद्यालय बन्द भएको अवस्थामा प्राथमिक तहका बालबालिकालाई घरमा पढाइलेखाइलाई मद्दत पु¥याउन बाल चौतारी रेडियो कार्यक्रम शुरु भएको छ ।

बाल सहभागितालाई बढावा दिइने यो कार्यक्रम रेडियो धु्रवतारा सामुदायिक एफएममा हप्ताको सोमबार, बुधबार र शुक्रबार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म प्रसारण गर्ने व्यवस्था मिलाइएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बीसीले जानकारी दिए ।

जिल्लामा सञ्चालनमा रहेका यी दुई रेडियो दैलेखलगायत आसपासका जिल्लाहरूमा सुन्न सकिने भएकाले यस कार्यक्रमको प्रभावकारिता अझ धेरै रहेको ज्वाला एफएम रेडियो दैलेखका स्टेशन म्यानेजर पृथ बयलकोटीले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : ०५ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो