एसइई परीक्षाका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन « Khabarhub

एसइई परीक्षाका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- एसइई परीक्षालाई लक्षित गरी दैलेखमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ ।

लकडाउनको समयमा एसइई तयारीमा बसेका विद्यार्थीले पढाइलाई पुर्नताजकी होस् भन्नका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लाका धुव्रतारा एफएम र ज्वाला एफएमबाट दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ दैलेख, सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख र स्थानीय तहको समन्वयमा आइतबारदेखि कार्यक्रम शुरु गरिएको हो । दूरशिक्षा रेडियो कार्यक्रम प्रत्येक हप्ताको आइतबार र बुधबार अङ्ग्रेजी, सोमबार र बिहीबार गणित तथा मङ्गलबार र शुक्रबार विज्ञान विषय शिक्षण गरिने शिक्षा एकाइका प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।

जिल्लाका सबै ठाउँमा इन्टरनेटको पहुँच नहुने हुँदा रेडियोबाट कार्यक्रम गरिएको हो । अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सिकाइ उपलब्धि कमजोर भएको कारण एसइई परीक्षाका लागि दूरशिक्षा कार्यक्रम गर्न थालिएको हो, थापाले भने। दूरशिक्षा रेडियो कार्यक्रम बिहान सवा ८ बजेपछि एकै साथ प्रसारण गर्ने व्यवस्था मिलाइएको एभरेष्ट क्लबका कार्यक्रम संयोजक टेकराज आचार्यले बताए ।

यसैगरी गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) को सहयात्रा दोस्रो परियोजनाको सहयोगमा लकडाउनको कारण विद्यालय बन्द भएको अवस्थामा प्राथमिक तहका बालबालिकालाई घरमा पढाइलेखाइलाई मद्दत पु¥याउन बाल चौतारी रेडियो कार्यक्रम शुरु भएको छ ।

बाल सहभागितालाई बढावा दिइने यो कार्यक्रम रेडियो धु्रवतारा सामुदायिक एफएममा हप्ताको सोमबार, बुधबार र शुक्रबार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म प्रसारण गर्ने व्यवस्था मिलाइएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बीसीले जानकारी दिए ।

जिल्लामा सञ्चालनमा रहेका यी दुई रेडियो दैलेखलगायत आसपासका जिल्लाहरूमा सुन्न सकिने भएकाले यस कार्यक्रमको प्रभावकारिता अझ धेरै रहेको ज्वाला एफएम रेडियो दैलेखका स्टेशन म्यानेजर पृथ बयलकोटीले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : ०५ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले