देशका विभिन्न स्थानमा वर्षा, पूर्वी भेगमा चट्याङसहित हावाहुरी चल्ने सम्भावना « Khabarhub

देशका विभिन्न स्थानमा वर्षा, पूर्वी भेगमा चट्याङसहित हावाहुरी चल्ने सम्भावना


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय र पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्ला, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लामा पानी परिरहेको छ ।

अहिले पानी परिरहेका स्थानमा दिउँसोबाट मौसम सफा रहने तर पूर्वी भेगमा हावाहुरी, चट्याङसहितको वर्षा हुने सम्भावना रहेको मौसमविद वरुण पौडेलले खबरहबलाई जानकारी दिए ।

‘अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव छ । जसले देशका विभिन्नस्थानमा पानी परिरहेको छ । यो क्रम अब केहि दिन लम्बिने देखिन्छ,’ मौसमविद पौडेलले भने, ‘पश्चिमी वायु क्रमशः पूर्वतर्फ सर्ने भएकाले अहिले पानी परिरहेका ठाउँमा दिउँसोबाट मौसममा सुधार हुने देखिन्छ । पूर्वी भागमा हावाहुरी, चट्याङसहितको वर्षा हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ ।’

सोमबारबाट पश्चिमी वायु थप सक्रिय भएको भन्दै पौडेलले अब २/३ दिनसम्म बिहान र बेलुकाको समयमा पानी पर्ने सम्भावना रहेको बताए ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ९ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख ११ गते (बिहीबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ५२ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति