‘एशियाकै लामो’ झोलुङ्गे पुलको निर्माण सम्पन्न | Khabarhub Khabarhub

‘एशियाकै लामो’ झोलुङ्गे पुलको निर्माण सम्पन्न


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मा– छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको ‘एशियाकै लामो’ झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो ।

कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको सम्पूर्ण काम सकिएको निर्माण कम्पनी थानी, बिएलटी हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

पुलको मंगलबार उद्घाटन गर्ने कार्यक्रम तयार भए पनि लकडाउनका कारण प्रभावित भएको खड्काले बताए । कालिगण्डकी नदीमाथि बनेको झण्डै १३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधि खडकाको भनाइ छ । लकडाउन अवधिमा पनि १६ कामदारले नियमित काम गरेका थिए ।

निर्माणको काम सकिएपछि उनीहरु पाङतर्फको भागमा बसेका छन् । पुलमा २८ वटा लठ्ठा तानिएको छ । पुलमा कूल ९४५ स्टिलडेक (फ्ल्याक) बिछ्याइएको छ । पुलको प्रति वर्गफिटमा चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको छ । पुल लामो हुने भएकाले बाइक सञ्चालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म रहेको छ ।

पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकावासीलगायतका जनताका लागि सहज पहुँच पुग्नेछ । कालिगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने कुश्मा नगरपालिका–१ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए ।

‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी थानी/बिएलटी/हिमशिखर जेभी निर्माण कम्पनीले ६ करोड ९१ लाखमा ठेक्का सम्झौता लिएको थियो । उक्त पुल नेपाली इञ्जिनीयरले नै डिजाइन गरेका थिए । यो पुल एशियाकै लामो पुल भएको निर्माण कम्पनीको जिकिर छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भए पनि यहाँ बन्न लागेको पुल खुला प्रकृतिको पहिलो हो ।

चाँदनी–दोधारा पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बनेको पुल खुला आकाशमा बनेकाले पनि यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : ४३ बजे

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

काठमाडौं – ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु

जलेश्वर – भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच

डोटीमा आठ करोडको सुन्तला उत्पादन

डोटी – जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला

टाइगर कप भलिबलः गण्डकी फाइनलमा

कास्की – टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित महिला तथा

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

मोरङ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका