ट्वीटर र टिकटकका फेक खाताले तनावमा वर्षा « Khabarhub

ट्वीटर र टिकटकका फेक खाताले तनावमा वर्षा


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटीका नामका टिकटक र ट्वीटर खाता भेटिन्छन् । कतिपय खातामा अपडेट पनि भइरहेको हुन्छ । जसकारण फ्यान झुक्किन्छन् । वर्षालाई भने फेक खाताले तनाव दिएको छ ।

यसैबीच वर्षाले टिकटक र ट्वीटरमा कुनै पनि आधिकारिक खाता नभएको बताएकी छिन् । उनी भन्छिन्, ‘ट्वीटर र टिकटकमा कतै पनि मेरो आधिकारिक खाता छैन ।’

फ्यान झुक्किएपछि वर्षा यी खाताविरुद्ध उजुरी गर्ने चेतावनी समेत दिएकी छिन् । लकडाउन खुलेपछि यी फेक खाताविरुद्ध ‘एक्सन’ लिइने उनले बताएकी छिन् ।

‘फेक आइडीबाट पोस्ट गरेर कसैलाई बदनाम गराउने कोशिश नगर्नुस्, लकडाउन खुलेपछि एक्सन लिइनेछ,’ वर्षा भन्छिन् ।

लकडाउनका बेला वर्षा घरमा पुस्तक पढ्ने र फिल्म हेर्ने गरिरहेकी छिन् । उनले मजदूरको सहयोगका लागि भन्दै हालै प्रधानमन्त्री राहत कोषमा रूपैयाँ एक लाख सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ४७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा