जानाजान कोरोना भाइरस फैलाएको आरोपमा अमेरिकी राज्य मिजोरीबाट चीनविरुद्ध मुद्दा | Khabarhub Khabarhub

जानाजान कोरोना भाइरस फैलाएको आरोपमा अमेरिकी राज्य मिजोरीबाट चीनविरुद्ध मुद्दा


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – जानाजान कोरोना भाइरसको महामारी फैलाएको आरोपसहित अमेरिकाको मिजोरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ ।

विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीले चीन सरकार र त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टीविरुद्ध अमेरिकाको संघीय अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

चीन सरकारले कोरोना भाइरसको सम्भावित जोखिम र यसको संक्रामक स्वरुपबारे बेलैमा सूचित नगरेको तथा सूचना दिन खोज्नेलाई पनि रोकेकाले मुद्दा दायर गरिएको मिजोरीका महान्यायाधीवक्ता एरिक स्च्मिटले जानकारी दिएका छन् ।

दायर मुद्दामा कोभिड–१९ बाट भएको मानवीय क्षति, समस्या तथा आर्थिक संकटको क्षतिपूर्ति चीनले दिनुपर्ने माग गरीएको छ ।

मिजोरीमा कोरोना भाइरसले मंगलबारसम्म २१५ जनाको मृत्यु भइसकेको छ भने कोरोना संक्रमितको संख्या ५ हजार ९६३ पुगेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ११ : ०८ बजे

विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी, ६ लाख बराबरको क्षति

काठमाडौं– काठमाडौंको काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी भएको छ

नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

कास्की– प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय