घाँटी दुख्ने र खोकी लाग्ने समस्या छ, हुन सक्छ थाइराइड, यी हुन् समस्या | Khabarhub Khabarhub

घाँटी दुख्ने र खोकी लाग्ने समस्या छ, हुन सक्छ थाइराइड, यी हुन् समस्या


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कहिलेकाँही खाना निल्न गाह्रो हुने, घाटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने गरी हाम्रो घाटी दुख्छ ।

यस्तो अवस्थामा मानिसहरुले चिसो वा टन्सिल होला भनेर यसलाई खासै ध्यान दिँदैनन् । तर यो समस्या भइरहन्छ र गला अवरुद्ध हुने क्रम लामो समयसम्म चल्छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन ।

किनकी यो थाइराइडको समस्या हुनसक्छ । थाइराइडको ग्रन्थी हाम्रो घाँटीमा हुन्छ । यसले शरीरलाई आवश्यक पर्ने हार्मोन उत्पादन गर्छ । तर अनावश्य रुपमा थाइराइड बढ्न थालेमा क्यान्सर समेत हुनसक्छ ।

यस्तो हुन्छ थाइराइड क्यान्सरको लक्षण

घाटी सुन्निन्छ ।
पानी, खाना खान र थूक निल्न गाह्रो हुन्छ ।
गलामा गाठा आएको महशुस हुन्छ ।
विरामी परेजस्तो कमजोर महशुस हुन्छ ।
काम गर्दा बढि थकान महशुस हुन्छ ।
महिलाहरुमा रजस्वला छिटो छिटो सुरु हुन्छ ।
रजस्वलाको समायमा अत्याधिक पिडा हुन्छ ।
शरीरको मांसपेशी तथा जोर्नीहरुमा पिडा महशुस हुन्छ ।

थाइराइड क्यान्सरले लिन्छ ज्यान

थाइराइडको समस्या धेरैजस्तो ३० वर्ष उमेर कटेमा मानिसहरुमा बढि हुन्छ । चिकित्सकको अनुसार थाइराइड क्यान्सर पुरुषमा भन्दा महिलामा तीन गुण बढि हुन्छ । रेडियसन थेरापी गर्ने व्यक्तिहरु थाइराइड क्यान्सरको जोखिममा हुन्छ । विकिरणहरुको कारण थाइराइड हुने सम्भावना धेरै हुने भएकाले कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह लिएर मात्रै रेडियसन थेरापी गर्नुपर्छ ।

त्यसैले थाइराइडबाट जोगिन कुनै समस्या भएमा रेडियसन थेरापी गर्नुहुँदैन । थाइराइड वंगाणुगत समस्या भएकाले आफ्नो परिवारमा कसैलाई थाइराइडको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि थाइराइड क्यान्सर हुनसक्छ । त्यसलैले थाइराइड क्यान्सर हुनबाट बच्न समय समयमा थाइराइडको परीक्षण गर्नुपर्छ ।

थाइराइडको लक्षण भएका व्यक्तिहरुमा अल्ट्रासाउण्ड गरेर क्यान्सर भएको छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । थाइराइड क्यान्सर भएमा तत्काल अप्रेशन गरी थाइराइड ग्रन्थि काटेर फाल्नुपर्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : १३ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे