पाकिस्तान महिला क्रिकेट टीमकी पूर्व कप्तान मिरले गरिन् सन्यासको घोषणा | Khabarhub Khabarhub

पाकिस्तान महिला क्रिकेट टीमकी पूर्व कप्तान मिरले गरिन् सन्यासको घोषणा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -पाकिस्तान महिला क्रिकेट टीमकी पूर्व कप्तान साना मिरले अन्तर्राष्ट्रिय खेल करियरबाट सन्यासको घोषणा गरेकी छन् ।

३४ वर्षीया मिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई बिट मार्ने घोषणा गरेकी हुन्।

पाकिस्तानका लागि २ सय २६ अन्तरास्ट्रिय खेल खेलेकी उनले त्यसमध्ये १ सय ३७ खेलमा कप्तानी सम्हालेकी थिइन् ।

मिरले सन् २००५ मा पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेकि थिइन् ।

`पछिल्ला केही महिनादेखि यस बिषयमा सोच आइरहेका थिए। मैले सोचे मुभ अन गर्ने यहीँ समय ठिक हुनेछ । मलाई विश्वास छ मैले आफ्नो क्षमताले भ्यायसम्म देश र खेल लाई योगदान दिन सकेकी छु,´मिरलाई उदृत गर्दै पाकिस्तान क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

`मेरो क्रिकेट यात्रामा मेरो मित्रता बलियो बनेको छ। निकै विश्वका प्रतिभावान महिला क्रिकेटलाई भेट्न पाए। उनीहरुका कथा र दर्शन सुन्दा मलाई बलियो खेलाडी मात्रै बनाएन जीवनमा धेरै कुरा सिक्न पनि पाए। जुन तपाईं भित्रभन्दा फरक अथवा खेलमा जीत हुँदा वा हार्दा पनि काम लाग्ने,´ मिरले आफ्नो अनुभव सुनाउँदै भनेकि छन्।

कुनै समय मिर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियताको शीर्ष स्थानसम्म पुग्न सफल भएकी थिइन । तर, उक्त वरियता विभिन्न कारणले विवादमा परेको विषयलाई पनि उनले खेल जीवनको पार्टोका रुपमा व्याख्या गरेकी छन् । मिर विश्व खेलकुदमा महिलाका लागि राम्रो उदाहरण रहेको आईसीसीले बताएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ३ : ३६ बजे

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।