प्रदेश–२ मा एकैदिन ६२४ को नमूना सङ्कलन | Khabarhub Khabarhub

प्रदेश–२ मा एकैदिन ६२४ को नमूना सङ्कलन


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा एकै दिन ६२४ जनाको स्वाब परीक्षण (पिसीआर)का लागि नमूना सङ्कलन गरिएको छ । शनिबार प्रदेशका विभिन्न जिल्लामा गरी एकै दिन ६२४ जनाको स्वाब परीक्षण (पिसीआर)का लागि स्वाब सङ्कलन गरिएको हो ।

प्रदेशभित्र यति धेरै सङ्ख्याको एकैदिन स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको यो सर्वाधिक रेकर्ड (तथ्याङ्क) हो । शनिबार स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतका जनशक्ति परिचालित भएपछि यो सङ्ख्याको स्वाब सङ्कलन भएको छ । प्रदेशमा अब जम्मा स्वाब परीक्षणको कूल सङ्ख्या एक हजार २९० पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशमा हालसम्म पाँच कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । जसमा पर्सामा पुष्टि भएका तीन भारतीय र एक/एक सर्लाही र रौतहटका छन् । पिसीआर गरिएकामध्ये ६३६ को नतिजा (रिपोर्ट) आएको छ ।

यसमध्ये ६३१ जनाको परीक्षण नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

प्रदेशका आठै जिल्लामा गरी शनिबारसम्म चार हजार ४४८ को आरडिटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) गरिएको छ । प्रदेशका आठै जिल्लामा गरी हाल एक हजार ४७० क्वारेन्टाइन केन्द्रका श्ययामा छन् ।

त्यसैगरी चिकित्सक/स्वास्थ्यकर्मीको रेखदेख रहने गरी एक हजार ६३९ जना घरमै सुरक्षित क्वारेन्टाइनमा रहेका वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताए ।

यहाँका विभिन्न अस्पतालमा गरी २२७ आइसोलेसन बेड (श्यया) रहेका निर्देशनालयले जनाएको छ । यिनमा हाल २३ शङ्कास्पद व्यक्ति रहेका झाको भनाइ छ ।

पछिल्लोपटक जनकपुरस्थित प्रादेशिक अस्पतालको पिसीआर जाँच गर्ने मेसिनले ठिक जाँच परिणाम नदिएपछि स्वाब परीक्षणमा समस्या भएको छ ।

स्वाब परीक्षणका लागि धरान, हेटौँडा र काठमाडौँ पठाउनु परेपछि रिपोर्ट आइपुग्न बढी समय लाग्ने गरेको छ । जनकपुरमै पिसीआर जाँचको पुनः व्यवस्थापन गर्न समन्वय भइरहेको झाले जानकारी दिए ।

यसअघि सर्लाहीका १४ वर्षीय किशोरको जनकपुरमा गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ बताइएपछि काठमडौँमा पुनः परीक्षण गरिँदा पोजेटिभ आएको थियो । यही घटनापछि जनकपुरको पिसीआर टेष्ट (जाँच) रोकिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ३२ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी