प्रदेश–२ मा एकैदिन ६२४ को नमूना सङ्कलन « Khabarhub

प्रदेश–२ मा एकैदिन ६२४ को नमूना सङ्कलन


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा एकै दिन ६२४ जनाको स्वाब परीक्षण (पिसीआर)का लागि नमूना सङ्कलन गरिएको छ । शनिबार प्रदेशका विभिन्न जिल्लामा गरी एकै दिन ६२४ जनाको स्वाब परीक्षण (पिसीआर)का लागि स्वाब सङ्कलन गरिएको हो ।

प्रदेशभित्र यति धेरै सङ्ख्याको एकैदिन स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको यो सर्वाधिक रेकर्ड (तथ्याङ्क) हो । शनिबार स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतका जनशक्ति परिचालित भएपछि यो सङ्ख्याको स्वाब सङ्कलन भएको छ । प्रदेशमा अब जम्मा स्वाब परीक्षणको कूल सङ्ख्या एक हजार २९० पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशमा हालसम्म पाँच कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । जसमा पर्सामा पुष्टि भएका तीन भारतीय र एक/एक सर्लाही र रौतहटका छन् । पिसीआर गरिएकामध्ये ६३६ को नतिजा (रिपोर्ट) आएको छ ।

यसमध्ये ६३१ जनाको परीक्षण नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

प्रदेशका आठै जिल्लामा गरी शनिबारसम्म चार हजार ४४८ को आरडिटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) गरिएको छ । प्रदेशका आठै जिल्लामा गरी हाल एक हजार ४७० क्वारेन्टाइन केन्द्रका श्ययामा छन् ।

त्यसैगरी चिकित्सक/स्वास्थ्यकर्मीको रेखदेख रहने गरी एक हजार ६३९ जना घरमै सुरक्षित क्वारेन्टाइनमा रहेका वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताए ।

यहाँका विभिन्न अस्पतालमा गरी २२७ आइसोलेसन बेड (श्यया) रहेका निर्देशनालयले जनाएको छ । यिनमा हाल २३ शङ्कास्पद व्यक्ति रहेका झाको भनाइ छ ।

पछिल्लोपटक जनकपुरस्थित प्रादेशिक अस्पतालको पिसीआर जाँच गर्ने मेसिनले ठिक जाँच परिणाम नदिएपछि स्वाब परीक्षणमा समस्या भएको छ ।

स्वाब परीक्षणका लागि धरान, हेटौँडा र काठमाडौँ पठाउनु परेपछि रिपोर्ट आइपुग्न बढी समय लाग्ने गरेको छ । जनकपुरमै पिसीआर जाँचको पुनः व्यवस्थापन गर्न समन्वय भइरहेको झाले जानकारी दिए ।

यसअघि सर्लाहीका १४ वर्षीय किशोरको जनकपुरमा गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ बताइएपछि काठमडौँमा पुनः परीक्षण गरिँदा पोजेटिभ आएको थियो । यही घटनापछि जनकपुरको पिसीआर टेष्ट (जाँच) रोकिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ३२ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम