६२ वर्षीय पुरुषमा कोरोना देखिएपछि दमकमा आजदेखि स्वाब सङ्कलन गरिने « Khabarhub

६२ वर्षीय पुरुषमा कोरोना देखिएपछि दमकमा आजदेखि स्वाब सङ्कलन गरिने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ ।

एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

“कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका मानिसको स्वाब सङ्कलन गर्न लागिएको हो”, उनले भने , “यसबाट सङ्क्रमण नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ ।”

कोरोना पुष्टि भएपछि दमक नगरपालिकाले सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । नगर उपप्रमुख गीता अधिकारीले सङ्क्रमितको घर र नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ४९ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम