वीरगन्जका २ पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो | Khabarhub Khabarhub

वीरगन्जका २ पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका थप २ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । पर्साको वीरगन्ज निवासी २ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगन्जका २ पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार कोरोना संक्रमण देखिएका दुवै जना अहिले आइसोलेसनमा उपचाररत छन् । दुवै जनाको अवस्था सामान्य छ ।

वीरगन्जका २ जनामा कोरोना संक्रमण देखिएसँग नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । नेपालमा हालसम्म १२ जना संक्रमित कोरोनालाई जितेर उपचारपछि घर फर्कि सकेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ४९ बजे

तीजको दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क

बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू)

काठमाडौँ- संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय

पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु

गण्डकी – पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा