नारायणी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमणको संकेत | Khabarhub Khabarhub

नारायणी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमणको संकेत


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साका वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणका क्रममा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखएको छ ।

अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डाक्टर उदय नारायण सिंहका अनुसार अन्य अस्पतालबाट रेफर भएर आएकी ती महिलाको आरडीटी परीक्षणको कोरोनामा एन्टिबडी पोजेटिभ आएको हो ।

एक महिना अघि रक्त क्यान्सर भएको पुष्टि भएकी ती महिलाको क्यान्सरको उपचार चलिरहेको थियो ।

दुईदिन अघि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अन्य अस्पतालबाट नारायणी अस्पतालमा रेफर गरिएको थियो । आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिए पछि पीसीआर विधिबाट परीक्षण गर्न उनको नमूना लिइएको डा सिंहले जानकारी दिए ।

‘एकमहिना अघि ब्लड क्यान्सर भएको महिला हो । उहाँ क्यान्सरको उपचारको क्रममा हुनुहुन्थ्यो, २ दिन अघिदेखि स्वास चढ्ने समस्या बढेपछि उहाँलाई हाम्रो अस्पतालमा रेफर गरिएको थियो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँको आरडीटी परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएपछि हिजो (शनिबार) नै थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न लागिएको छ ।’

ती महिलाको शनिबार राती २ बजे मृत्यु भएको डा सिंहले बताए । आरडीटी परीक्षणमा कोरोनाको एन्टिबडी पोजेटिभ आएपछि ती महिलाको शव अस्पतालको आकस्मिक कक्षमै सिल गरेर राखिएको डा सिंहले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ०५ बजे

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं – शुक्रबार बिहान साढे नौ बजे प्रधानमन्त्री केपी शर्मा

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सहयोग गर्छौं’

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन