नेपालमा कोरोना संक्रमितहरुको संख्या ५२ पुग्यो, कुन जिल्लामा कति जना ? (सूचीसहित) | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितहरुको संख्या ५२ पुग्यो, कुन जिल्लामा कति जना ? (सूचीसहित)


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो रुपमा रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

आइतबार पर्सामा दुई र झापामा थप एक जनामा कोरोनाको संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

आइतबार दिउँसो पर्सा वीरगञ्जका ५० वर्षीय दुई जना पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो भने आइतबार साँझ झापाका थप एक जनामा कोरोना पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा झापाका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको हो । कोरोना संक्रमण भएका व्यक्ति अहिले कोशी अस्पतालको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगे पनि कोरोनालाई जितेर घर फर्किनेको संख्या १६ पुगेको छ । आइरबार मात्रै चार जना कोरोनाको संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका १९ वर्षीया पुरुष १४ औं दिन र ३ जना भारतीय नागरिक १५ औं दिनपछि कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

संक्रमितहरुको विवरण
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको, १० वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको, लम्की चुहा नगरपालिका भरुवाकी उनी ११ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, , ५ वैशाखमा पत्ता लागेको, वैशाख १३ गते अस्पतालबाट डिस्चार्ज ।
३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
३२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
४२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको
४३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४४ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ५५ वर्षीया महिला, ११ वैशाखमा पत्ता लागेको
४७. सर्लाहीका १४ वर्षीय नाबालक पुरुष, जनकपुरमा टेष्टका क्रममा ११ वैशाखमा पत्ता लागेको
४८. २६ वर्षीय पुरुष, भोजपुरको हतुवागढी गाउँपालिकाका पुरुष ३० फागुनमा साउदी अरबबाट फर्केका थिए । ११ वैशाखमा पत्ता लागेको
४९. ६२ वर्षीय झापा घर भएका पुरुष, कोशी अस्पतालमा उपचाररत, १२ वैशाखमा पत्ता लागेको
५०. पर्सा वीरगन्ज निवासी ५० वर्षीय पुरुष, वैशाख १४ गते कोरोना पुष्टि, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा पुष्टि ।
५१. पर्सा वीरगन्ज निवासी अर्का पनि ५० वर्षीय पुरुष, वैशाख १४ गते नै कोरोना पुष्टि भएको । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएकोमा कोरोना पोजेटिभ देखिएको ।
५२. वैशाख १४ गते झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : १२ बजे

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई

पन्ध्र लाख रुपैयाँमा भीम सार्कीलाई किन्यो काठमाण्डु गुर्खाजले

काठमाडौं- नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर

भेट्न आएका कतारका राजदूतलाई मेयर बालेनले दिए बुद्धको मूर्ति

काठमाडौं–काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विश्वकप फुटबल व्यवस्थापनमा

जितुसँग नीतिको अभिनय अनुभव : काम गर्न सजिलो

काठमाडौं- नायिका नीति शाहको दोस्रो फिल्म ‘घर ज्वाइँ’ असोज २४