लकडाउन हाम्रै सुरक्षाको लागि हो, धैर्य बन्नुस् : नायिका मास्के « Khabarhub

लकडाउन हाम्रै सुरक्षाको लागि हो, धैर्य बन्नुस् : नायिका मास्के


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका शिल्पा मास्केले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्ने बताएकी छिन् ।

सरकारले कोरोना भाइरसको जोखिम रोक्ल लकडाउन लागू गरेको अवस्थामा यसको पूर्ण पालना गर्नुपर्ने उनले बताएकी छिन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ ।

शिल्पाले पनि आफ्नो यो समय परिवारसँग बिताउँदै आएको बताएकी छिन् । शिल्पाले यो समयमा आफूलाई प्रोडेक्टिभ बनाउन प्रयास गरिरहेको जानकारी दिइन ।

लकडाउनका कारण घरबाट बाहिर निस्किन नपाउँदा धेरैलाई अत्यास र निराश लागेको भए पनि यस्तो परिस्थितिमा धैर्यता र सकारात्मक सोच राख्नुपर्ने उनको भनाइ छ ।

चलचित्र द ब्रेकअपबाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेकी मास्केले कागजपत्र, सानो मन, काठपुतली जस्ता चलचित्रमा अभियान गरेकी छन ।

उनले नेपाली चलचित्र क्षेत्रमा मात्र नभई हलिउड, बलिउडमा पनि अभिनय गरेकी छन् । शिल्पा मास्केले हलिउडमा डाक्टर स्ट्रेन्ज, मिसन इम्पोसिभल, फलआउट जस्ता चलचित्रमा अभिनय गरेकी छन भने हलिउड सर्ट फिल्म ’एलिफेन्ट’ मा पनि अभिनय गरेकी छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ४९ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास