म्याग्दीमा खोप सेवा एक महिनापछि शुरु « Khabarhub

म्याग्दीमा खोप सेवा एक महिनापछि शुरु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगन खोप सेवा म्याग्दीमा एक महिनापछि शुरु भएको छ । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकामा म्याग्दीमा वैशाख १२ गतेदेखि खोप कार्यक्रम शुरु भएको हो ।

बेनी अस्पतालमा हरेक महिनाको ४, १२, २० र २७ गते खोप कार्यक्रम सञ्चालन हुन्छ । गाउँपालिकाहरुमा प्रत्येक महिनाको १ देखि १० गतेभित्र खोप कार्यक्रम सञ्चालन हुने समयतालिका छ । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले सरकारको पछिल्लो निर्णयानुसार नियमित खोप सेवा शुरु भएको जानकारी दिए ।

बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थाले नियमित समयतालिकाअनुसार खोप कार्यक्रम सञ्चालन गर्ने उनले बताए । दादुरा–रुवेलाविरुद्धको खोप कार्यक्रमसमेत स्थगन भएको थियो । धवलागिरि, मङ्गला र मालिका गाउँपालिकामा दादुरा–रुवेला खोप अभियान सकिएको छ । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा बन्दाबन्दी सकिएपछि खोप अभियान चलाइने स्वास्थ्य कार्यालय प्रमुख लम्सालले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै जारी गरेको कोभिड–१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि मार्गदर्शनअनुसार म्याग्दीका ४५ वटै वडामा खोप कार्यक्रम शुरु गर्ने तयारी गरिएको छ । म्याग्दीमा दुई वर्षमुनिका करिब पाँच हजार बालबालिका नियमित खोप कार्यक्रममा आबद्ध रहेको बताइन्छ । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ रोगविरुद्ध खोप दिइन्छ ।

खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने मार्गदर्शन जारी भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : ५३ बजे

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

एसियाली खेलकुद : महिला क्रिकेट छनोटमा आज चीनसँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा ताताे हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल