बिरामी कुरुवालाई महानगरको खाना « Khabarhub

बिरामी कुरुवालाई महानगरको खाना


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले विभिन्न अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको छ । यसअघि अव्यवस्थितरूपमा रहेका परिवार र जरुरी कामले हिँडेका बटुवा र सडकमा भेटिने असहायलाई खाना खुवाउँदै आएकामा कामपाले बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको हो ।

कामपा वडा नं ३ ले दैनिक तीन हजार ७०० लाई निःशुल्क खाना खुवाइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका समयमा कमजोर आर्थिक अवस्था भएका, आफ्ना कोही नभएका र दैनिक काम गरेर खानुपर्ने वर्गलाई खानेकुराको व्यवस्था गरिएको कामपा वडा–३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए ।

उनका अनुसार वडाको आग्रहमा बोधिसतुवा बिहारले अव्यवस्थित बस्तीमा भएका परिवार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी दैनिक एक हजार ३०० जनाका लागि खानाको व्यवस्था गरिदिएको छ ।

त्यसैगरी नारायण गोपाल चोकको एरिकल बैङ्क्वेटका तर्फबाट होम बुढाथोकीले दैनिक बिहान एक हजार जनाका लागि, मेघा पार्टी प्यालेसले दैनिक बेलुकी ८०० का लागि, सामुदायिक सेवा केन्द्रबाट गङ्गालाल र न्यूरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी २०० का लागि खाना र पानस पार्टी प्यालेसले लकडाउन व्यवस्थापन गर्न खटिने ४०० राष्ट्रसेवकका लागि खाजाको व्यवस्था गरेको छ ।

त्यसैगरी वडाले अहिलेसम्ममा चार हजार ३०० लाई राहत वितरण गरिसकेको छ । राहत वितरणका लागि वडाले चार क्षेत्रमा बाँडेको छ । राहत दिनका लागि वडामा भएका खाद्य पसलबाट प्रस्ताव माग्ने, थोरै मूल्य कबोल गर्नेसँग वडाको हाम्रो सम्झौता गर्ने र कुपन पाएकाले खाद्य पसलमा गएर प्रचलित व्यवस्थाको उल्लङ्घन नहुने गरी राहत लिँदै आएका छन् ।

उनका अनुसार पहिलो राहत दिएको थाहा नपाएर अहिले सम्पर्कमा आउने मानिस पनि हुनुहुन्छ । यसरी छुटेका परिवारलाई अहिले खाद्यान्न उपलब्ध गराउने काम भइरहेको छ । त्यसैगरी कामपाको ३२ वटै वडाबाट भने ६९ हजार ६९१ लाई राहत वितरण गरिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : ०७ बजे

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियान : रामप्रसादराईमा ज्ञान महोत्सव

भोजपुर– जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा

कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपीभी’ खोप

करेन्ट लागेर मजदुरको निधन

झापा– झापाको बिर्तामोड नगरपालिका– २ चारपानेस्थित एक उद्योगमा गए राति

विश्वकपमा नेपालको दोस्रो भिडन्त बिहीबार इटालीसँग

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा

सुनसरी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब