थाइल्याण्डको तल्लो सदनमा विपक्षी गठबन्धनको बहुमत | Khabarhub Khabarhub

थाइल्याण्डको तल्लो सदनमा विपक्षी गठबन्धनको बहुमत


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड – थाइल्याण्डको विपक्षी गठबन्धनले गत आइतबार भएको आम निर्वाचन अन्तर्गत तल्लो सदनमा बहुमत ल्याएको दाबी गरेको छ । थाइल्याण्डको राजनीतिमा निकै प्रभावशाली मानिने सिनावात्रा परिवार समर्थित फ्यु थाई पार्टी नेतृत्वको डेमोक्र्याटिक फ्रन्ट नामक गठबन्धनले तल्लो सदनमा बहुमत ल्याएको दाबी गरेको हो ।

फ्यु थाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार सुदरत केयुराफानले पत्रकारहरुसँगको कुराकानीका क्रममा विपक्षी गठबन्धनले तल्लो सदनको ५ सय मध्ये २ सय ५५ सिटमा विजयी भएको जनाएकी हुन् । यद्यपि त्यहाँको निर्वाचन आयोगले निर्वाचनको औपचारिक परिणाम भने घोषणा गरिसकेको छैन ।

७ पार्टी सम्मिलित विपक्षी गठबन्धनले तल्लो सदनमा सामान्य बहुमत ल्याएपनि गठबन्धनले सरकार बनाउन भने सक्नैछैन । सन् २०१४ यता सत्तामा रहेको सैनिक सरकारले सन् २0१७ मा जारी गरेको संविधान अनुसार सरकार बनाउन माथिल्लो सदन सिनेटले पनि मतदान गर्नेपर्ने प्रावधान छ ।

२ सय ५० सिट रहेको सिनेटका सबै सदस्यलाई सरकारले मनोनयन गर्नेपर्ने व्यवस्था रहेकाले दुबै सदनका गरी कुल ७ सय ५० मध्येको सामान्य बहुमत ३ सय ७६ सांसद्ले प्रधानमन्त्री चुन्नेछन् । यस्तोमा माथिल्लो सदनका सदस्यहरुले विपक्षी नेतालाई प्रधानमन्त्रीमा मत नदिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तो अवस्थामा विपक्षी गठबन्धनले तल्लो सदनमा २ सय ५५ सिट नै ल्याएको भएपनि उसले सरकार बनाउन माथिल्लो सदनका थप १ सय २१ सदस्यले विपक्षीलाई मत दिनुपर्ने हुन्छ । वर्तमान सरकारले नै मनोनयन गर्ने भएकाले उनीहरुमध्ये कसैले पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन मत दिने अवस्था भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ०३ बजे

उपप्रधानमन्त्री पौडेलले भेटे प्रचण्डलाई, के भयो कुराकानी ?

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष

बोनम्यारो प्रत्यारोपण निजामती अस्पतालमा सीमित गरिँदा करोडौं बाहिरियो

नेपालमा क्यान्सरका बिरामीमध्ये वर्षेनी तीन हजार बढीमा रक्त क्यान्सर देखिने

किसानको फापर गाउँपालिकाबाट खरिद

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले नौ जना कृषकद्वारा उत्पादित ६ सय

सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम प्रभावकारी बन्दै 

सिरहा– सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा

म्याग्दीको झिँमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा एक करोड ४८ लाख रुपैयाँको