सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गरिने : मन्त्री ज्ञवाली « Khabarhub

सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गरिने : मन्त्री ज्ञवाली


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् । त्यसमा उनीहरुको हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेकोे मन्त्री ज्ञवालीको भनाइ छ ।

बुधबार काठमाडौंमा उनले मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको पनि बताए । उनले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई सरकारले प्रोत्साहन गर्ने आश्वासन पनि दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका अभिभावकहरुलाई पनि आवश्यक आर्थिक सहायता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ५५ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा