काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन गरिँदै « Khabarhub

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन गरिँदै


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ ।

भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।

स्थानीय तहसँगको समन्वयमा ज्वरोमापन गर्ने काम शुरु भएको हो । नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जगाती नाकामा २४सैँ घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम हुने बताए ।

यसैबीच, युवा व्यवसायी समाज भक्तपुर, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घ र भक्तपुर ट्रक व्यवसायी सङ्घले संयुक्तरूपमा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बा, युवा उद्यमी समाजका उपाध्यक्ष नवीन प्रजापति, ट्रक व्यवसायी सङ्घ भक्तपुरका पूर्वअध्यक्ष महेन्द्र खायमलीलगायतले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : ०४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय