धार्चुलाको क्वारेन्टाइनमा बसेका मजदूरलाई नेपाल ल्याइँदै « Khabarhub

धार्चुलाको क्वारेन्टाइनमा बसेका मजदूरलाई नेपाल ल्याइँदै

आज बिहानैबाट उद्धार सुरू


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– भारतको पिथोरागढस्थित धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपाली मजदुरलाई नेपाल ल्याउन सुरू गरिएको छ । झण्डै एक महिना क्वारेन्टाइनमा बसेका उनीहरूलाई उद्धार गरी नेपाल ल्यान सुरू गरिएको हो ।

गत चैत १३ गतेदेखि भारतीय भूमि धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपालीलाई उद्धार गरी आज (बिहीबार) बिहानैदेखि नेपाल ल्याउन थालिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका नेपाली कामदारलाई नेपाल ल्याउने बुधबार छलफल भएको र सोही छलफलको निष्कर्ष अनुसार बिहीबार बिहानैदेखि उद्धार थालिएको प्रजिअ पौडेलले बताए ।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि कहिले नेपाल ल्याउने भन्ने मिति तय भएको थिएन । बुधबार नै बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धार थालिएको हो ।

सीमामा रहेका उनीहरुलाई नेपाल ल्याउन बैतडी र बझाङका प्रतिनिधि तीन दिन अघि नै दार्चुला पुगेका थिए । उनीहरुले क्वारेन्टाइनमा रहेकाको अवस्था बुझेर नेपाल फर्काउन आवश्यक पहल गरेका थिए ।

दुई नाकाबाट नेपाल ल्याइँदै

धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट ल्याईदैछ। धार्चुलामा १० जिल्ला नागरिक बसेका छन्। बैतडी, बझाङ नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ । दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने निर्णय भएको पौडेलले बताए।

नेपाल प्रवेश गराउनेक्रममा उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँच गरिनेछ । उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको पौडेलले बताए ।

सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रहोबरमा घर पठाउने सहमति भए अनुसार काम भइरहेको भन्दै प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालय दार्चुलाले क्वारेन्टाइनमा रहेका सबैलाई मास्क वितरण गरेको बताए ।

घर लैजान यातायात व्यावसायी तयार

उद्धार गरिएका नेपालीलाई स्थानीय तहसम्म लैजान यातायात व्यावसायी तयारी अवस्थामा छन् । आफ्नो गाउँमा मानिस ल्याउन स्थानीय तहले नै यातायात व्यवसायीलाई आग्रह गरेको थियो । सोही आग्रह अनुसार व्यावसायीले तयारी गरेका छन् ।

उनीहरुलाई सीमाबाट सम्बन्धित स्थानीय तहसम्म लैजाने प्रवन्ध स्थानीय तहले नै मिलाएको पनि प्रजिअ पौडेलले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : ११ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट