प्रदेश नम्बर १ मा कोरोना परीक्षणको दायर बढाउन माग « Khabarhub

प्रदेश नम्बर १ मा कोरोना परीक्षणको दायर बढाउन माग


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ का जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो कन्फ्रेन्समा उनीहरुले संयुक्त रुपमा परीक्षणका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् ।

उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्नेमा जोड दिँदै १४ दिने क्वारेन्टाइन अवधि सकिन लागेको तर्फ मन्त्री घिमिरेकोको ध्यानाकर्षण गराएका थिए । समितिका प्रमुखहरुले क्वारेन्टाइनमा बसेकाको सङ्ख्याका आधारमा किट पठाउन अनुरोध गरेका छन् । इलामका जिसस प्रमुख गणेश बरालले आरडिटी किट अभाव भएको कारण क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नपाएको गुनासो गरे । इलाममा स्वास्थ्यकर्मी र औषधिको समेत अभाव भएको उनले बताए ।

यस्तै झापाका जिसस प्रमुख सोमनाथ पोर्तेलले किट अभावमा भारतलगायत तेस्रो देशबाट आएर होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नसकिएको बताए । उनले झापामा विभिन्न देशहरुबाट १०० प्रवेश गरेको जानकारी दिँदै सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको बताए ।

तेह्रथुमका जिसस प्रमुख शिव ढुङ्गानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको जानकारी दिँदै अन्य जिल्लाबाट यस क्षेत्रमा आउनेहरुको सङ्ख्या घटेको बताए । तेह्रथुममा ३७४ जनाको आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

सङ्खुवासभाका जिसस प्रमुख सुमन शाक्यले काठमाडौंलगायतका विभिन्न जिल्लाबाट यस क्षेत्रमा प्रवेश गरेकालाई क्वारेन्टाइनमा राख्ने गरेको बताउँदै जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएको जानकारी दिए । ओखलढुङ्गाका जिससप्रमुख जयबहादुर श्रेष्ठले काठमाडौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुलाई अनिवार्य आरडिटी गर्ने गरिएको बताउँदै अहिलेसम्म २३१ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

सामाजिक विकासमन्त्री घिमिरले प्रत्येक जिल्लालाई दोस्रो चरणमा ३६० का दरले किट पठाएको जानकारी दिँदै प्रकोप भएका जिल्लामा आवश्यकताका आधारमा थप किट पठाइन जानकारी दिए । उनले प्रदेशका १४ जिल्लाका स्वास्थ्यकर्मीलाई शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब सङ्कलन गर्नेसम्बन्धी तालिम प्रदान गरेको बताए ।

काठमाडौं लगायतका विभिन्न जिल्लाबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रमुखहरुसँग उनले जोड दिए । मन्त्री घिमिरेले घडी हेरेर लकडाउन नखुल्ने भन्दै वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १ : ०२ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज