स्पेनको दूतावासमा छापा मारेको उत्तर कोरियाली समूहद्वारा जिम्मा « Khabarhub

स्पेनको दूतावासमा छापा मारेको उत्तर कोरियाली समूहद्वारा जिम्मा


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– उत्तर कोरियाको वर्तमान सत्तालाई गिराउने लक्ष्यका साथ स्थापना भएको एउटा समूहले गत महिना स्पेनको राजधानी मड्रिडमा रहेको उत्तर कोरियाली दूतावासमा छापा मारेको घटनाको जिम्मा लिएको छ ।

उत्तर कोरियाबाट भागेर शरणार्थीका रुपमा विश्वका विभिन्न स्थानमा रहेका उत्तर कोरियाली शरणार्थीको समूह चेओलिमा डिफेन्स काउन्सिल नामक समूहले मड्रिडस्थित उत्तर कोरियाली दूतावासमा छापा मारेको घटनामा आफ्नो संलग्नता रहेको जनाएको हो ।

आफूलाई मानवअधिकारवादी भन्ने त्यस समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्ताअघि मड्रिडमा रहेको उत्तर कोरियाली दूतावासमा छापा मारी त्यहाँबाट कम्प्युटर, फोन तथा हार्डडिस्कलगायतका सामान लिएर भागेको थियो ।

तर, त्यस समूहले आफूले गराएको घटनालाई आक्रमणको संज्ञा भने दिएको छैन । त्यस समूहले आफूले लिएर भागेको सामान विशेष आग्रहमा अमेरिकाको संघीय अनुसन्धान व्यूरो एफबीआईको आग्रहमा उपलब्ध गराइएको जनाएको छ ।

यद्यपि स्पेनी अधिकारीले भने केही आक्रमणकारीले दूतावासभित्र प्रवेश गरी त्यहाँका कुटनीतिज्ञ तथा अन्य अधिकारीलाई कुटपिट गरेको र जबरजस्ती सामानहरु लुटेर भागेको जनाउदै आएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ८ : २७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने