हिमालय एयरलाइन्सको उडान आबुधाबीबाट पनि « Khabarhub

हिमालय एयरलाइन्सको उडान आबुधाबीबाट पनि


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालय एयरलाइन्सले यही चैत १७ गते अर्थात् मार्च ३१ देखि युएईको आबुधाबी उडान शुुरु गर्ने भएको छ । आबुधाबी–काठमाडौं–आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान गर्ने हिमालय एयरलाइन्सको जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसीका सञ्चालक एवं एनआरएनए आईसीसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले बताए ।

यो भन्दा पहिले दुबईबाट उडान भरिरहेको हिमालय एयरलाइन्सले युएईको आबुधाबीबाट हरेक सोमबार, बुधवार र शुक्रवार उडान गर्नेछ । आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशीहरूको सुविधालाई ध्यान दिँदै उडान शुरु गर्न लागेको ढुङ्गानाले जानकारी दिए । बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ ।

साँझ ८ बजेर ४५ मा काठमाडौंबाट जहाज उड्ने छ भने राति ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजना पनि ल्याएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ९ : ५२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच