पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्या हो ?
शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ । यता प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भने यो गम्भीर विषयमा व्याङ्ग्य गर्दै टिप्पणी गरेका छन्।
आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले २० जना पत्रकारलाई मेन्सन गर्दै लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्या हो । २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो ।’

प्रेस स्वतन्त्रता र संवैधानिक मर्म विपरित बेनको टिप्पणी आएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनले नयाँ पत्रिका दैनिकमा प्रकाशित “प्रधानमन्त्री सचिवालयले २८ जना पत्रकारको सूची दिएर पक्राउ गर्न निर्देशन दिएको” भन्ने दाबीप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन्। उनले फेसबुकमा समीर बलामी, जयसिंह महरा, रोशन खड्का, रुपेश श्रेष्ठ, कृष्ण आचार्य, अनिल गिरी, शिवहरि घिमिरे, प्रदीप कार्की, ओम शर्मा, रमेश सुवेदी, गोकर्ण अवस्थी, राजु घिसिङ, मनोज सत्याल, उमेश, चिरञ्जीवी पौडेल, श्रीधर पी. पौडेल, कमल सरगम, चौलागाईं, टिकाराम यात्री, केशव खड्का, र वसन्त बस्नेतलाई मेन्सन गर्दै उक्त कुरा लेखेका हुन् ।
पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्या हो ?
सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम
भूमिमन्त्री रावल भोलि झापा जाँदै
प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ
‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारले पछिल्लो समय गरेका केही निर्णय र देशमा भएका घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

सरकारलाई जबाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
‘सरकारले गरेका पछिल्ला निर्णय र देशमा घटेका घटनाले गम्भीर प्रश्न जन्माएका छन् । लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले सीमा नाघ्छ भने नेपाली कांग्रेस चुप लागेर बस्दैन । हामी सरकारलाई जबाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ,’ थापाले भने ।
आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो
सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)
विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड
सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू
पोखराले गुमायो पाचौँ विकेट
नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । आइतबार जारी खेलमा जनकपुरले पोखरासामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जवाफी ब्याटिङ गरिरहेको पोखराले पाचौँ विकेट गुमाएको छ । खेलको ११ ओभर ६ बलमा पोखराका शाकिब अल हसन आउट भए ।

उनी १७ बल खेलेर मात्र ९ रन जोड्दै उनी सैफ हसनको बलमा आउट भएका हुन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।
हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो
तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
महँगीले तात्यो युरोप : फ्रान्सको सडकमा मात्रै तीन लाख २० हजार उत्रिए
जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए ।
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए
बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु














प्रतिक्रिया