पूजा भन्छिन् – आइ एम द बेस्ट ! « Khabarhub

पूजा भन्छिन् – आइ एम द बेस्ट !


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्माले हालै आफ्नो जन्मदिन मनाइन् । उनले अभिनय र निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत फागुनमा प्रदर्शनमा आउने चर्चा थियो ।

कोरोना भाइरसका कारण अब यो फिल्म कहिले रिलिज हुन्छ भन्ने टुङ्गो छैन । पछिल्लोपटक रिलिज भएको उनको फिल्म ‘पोइ पर्‍यो काले’ ले भने सकारात्मक प्रतिक्रिया पाएन ।

फुर्सदमा हुँदा पूजाले सामाजिक सञ्जालमा पनि समय दिइरहेकी छिन् । हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर शेयर गरेकी छिन् । तस्वीरको क्याप्सनमा उनले लेखेकी छिन् – आइ एम द बेस्ट अर्थात् म उत्कृष्ट छु ।

‘म उत्कृष्ट छु, मसँग राम्रो छ र म राम्रो कुराको लायक छु, आफूलाई माया गर्नुहोस्,’ पूजाले लेखेकी छिन् ।

पूजाको भनाइलाई लिएर फ्यानले समर्थन जनाएका छन् । साथै उनको तस्वीरमा ‘राम्री’ भन्दै कमेन्ट गरेका छन् ।

केही दिनअघि अर्की कलाकार सुष्मा कार्कीले पूजा शर्माको नाम नै सुन्न मन नपराउने बताएकी थिइन् । त्यसपछि केही समय पूजा र सुष्मा मिडियामा चर्चामा आएका थिए ।

यता पूजाले भने एक अन्तर्वार्ताका क्रममा पूजाले सुष्मालाई धन्यवाद भनेकी थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : ५४ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह