विषाक्त च्याउ खाँदा चितवनमा १२ जना बिरामी, दुईको अवस्था गम्भीर « Khabarhub

विषाक्त च्याउ खाँदा चितवनमा १२ जना बिरामी, दुईको अवस्था गम्भीर


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – विषाक्त च्याउ खाँदा चितवनमा भिन्दाभिन्दै दुई गाउँका दुई परिवारका १२ जना बिरामी भएका छन् । बिरामीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

भरतपुर महानगरपालिका–२९ कविलास जुगेडीका पाँचजना र कालिका नगरपालिका–३ पदमपुरका सातजना बिरामी भएका हुन् ।

जुगेडीका एकजना र पदमपुरका दुईजनाको अवस्था गम्भीर रहेको छ । शनिबार राति च्याउको तरकारी पकाएर खाएका जुगेडीका पाँचजना बिरामी भएपछि भरतपुर अस्पताल लगिएको थियो ।

त्यसैगरी कालिका–३ का वडाध्यक्ष टिकाराम रिजालका अनुसार आइतबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएका एकै परिवारका सातजना बिरामी भएर उपचारका लागि भरतपुर गएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार जुगेडीका पाँचजनाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सक डा.महेन्द्र अग्रहरीका अनुसार सातजनामध्ये दुईजनाको अवस्था अलि गम्भीर र बाँकी पाँचजनाको अवस्था सामान्य छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ५९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको