कोरोनाको जोखिम हुन नदिन बाँकेमा उच्च सतर्कता | Khabarhub Khabarhub

कोरोनाको जोखिम हुन नदिन बाँकेमा उच्च सतर्कता


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम वढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्जमा आइतबार थप कोरोना सङ्क्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरिसकेको छ । उनका अनुसार सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेको छन् ।

प्रजिअ खड्काले भने, “उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमका बारेमा निर्णय लिइन्छ ।” उनले कोरोना सङ्क्रमणको जोखिम हुन नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गरे । लकडाउनको ३८ औँ दिन यहाँ सङ्क्रमण देखिएको थियो ।

नेपालगन्ज–८ स्थित जोलाहनपूर्वास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पढाउने व्यक्ति)मा पहिलो पटक सङ्क्रमण पुष्टि भएको हो । मोअज्जीनलाई कोरोना देखिएपछि पूरै टोललाई सिल गरेर गत शनिबार ९० जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोना सङ्क्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको आइसोलेसन अस्पताल खजुराका प्रमुख डा प्रकाश थापाले जानकारी दिए । आइसोलेसन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा सङ्क्रमित भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पूरै पालिकालाई सिल गरेको छ ।

गत शुक्रबार एक जना र आइतबार १५ जना सङ्क्रमित पुष्टि भएका १६ जनाको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कारोना स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

पहिलो सङ्क्रमितको एकाघरको परिवारका दुई जनासहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आइतबार साँझसम्म ५५ जनाको रिपोर्ट आएको छ । नेपालगञ्जमा एकाएक सङ्क्रमितको सङ्ख्या बढेपछि खजुरा गाउँपालिकासँगै अन्य स्थानीय तह पनि पूर्णरुपमा सिल गरिएको छ । कोहलपुर नगरपालिकाले आफ्नो दक्षिणतर्फको सीमा पूर्णरुपमा सिल गरेको छ ।

नेपालगञ्जसँग जोडिने दक्षिणतर्फको सीमा सिल गर्ने तथा अन्य नाकामा पूर्णरुपमा कडाइ गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । आपत्कालीन सेवाबाहेकका सबै सवारी साधनलाई कोहलपुर प्रवेशमा पूर्णरुपमा रोक लगाएको नगर प्रमुख रावतले जानकारी दिए ।

कोहलपुर नगरपालिका–१५ को चौधरीया गाउँबाट बाहिरी व्यक्ति नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना गरिने सबैखालका औपचारिक कार्यक्रम स्थगित गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ३६ बजे

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति

रसुवा – चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा

गण्डकीमा घरेलु मदिरालाई कानूनी मान्यता, उद्योग दर्ताको बाटो खुला

पोखरा– गण्डकी प्रदेशमा स्थानीय स्तरमा उत्पादित घरेलु मदिरालाई कानूनी मान्यता दिइने

चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

काठमाडौं – चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी

‘बैङ्किङ बजार नियम सङ्गत छैन’

काठमाडौं– आगामी आर्थिक वर्षका लागि तीनै तहका सरकारले बजेट ल्याइसकेका

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत प्रश्नोत्तर हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक