सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु « Khabarhub

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले बताए ।

शवको राजविराज अस्पतालमा परीक्षणपश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरुले झापाको चन्द्रगढी लगेको सशस्त्र प्रनाउ दाहालले जानकारी दिए ।

उच्च रक्तचापका कारण अचानक बेहोस भई मृत्यु भएको अनुमान गरिए पनि शव परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ३१ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र