सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या आई उपचार सम्भव नभएपछि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा धनगढीबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

शल्यक्रियाबाट प्रसूति भएकी रावलको उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा सिफारिस हुँदै सेती प्रादेशिक अस्पतालमा ल्याइएको र सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको बताइको छ ।

उनलाई सुदूरपश्चिम सरकारको पहाडी जिल्लाका जटिल सुत्केरी अवस्थाका महिलालाई उद्धार गर्ने एयरलिफ्ट कार्यक्रममार्फत उद्धार गरिएको बताइएको छ ।

ई–पासमा कडाइ

जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनका समयमा यही वैशाख ३ गतेदेखि कार्यालयबाट जारी भइरहेको ई–पासमा कडाइ गर्ने भएको छ ।

प्रशासन कार्यालयले आजदेखि जिल्ला बाहिरका लागि उक्त ई–पास जारी नगर्ने र गर्नैपर्ने भए सम्बन्धित व्यक्ति/निकायले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमति दिएमा मात्र जारी गर्ने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिएको सोमबार प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ४१ बजे

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट

काठमाडौं- पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सात दलले मधेश प्रदेशका