स्पेनमा एकै दिन थपिए ३ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित « Khabarhub

स्पेनमा एकै दिन थपिए ३ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा एकै दिन ३ हजार १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या घट्दो क्रममा रहेको स्पनेमा फेरि ३ हजारभन्दा बढी संक्रमित देखिएका हुन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसले त्यहाँ २४४ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या २५ हजार ८५७ पुगेको छ ।

यसअघि स्पेनमा मंगलबार १८५ जनाको मृत्यु भएको थियो भने २ हजार २६० जना नयाँ संक्रमित थपिएका थिए । १ लाख ५९ हजार ३५९ जना उपचारपछि निको भएका छन् ।

६८ हजार ४६६ जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७७ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ५६ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्